असार १४,
काठमाडौं । बलिउडको चर्चित ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०२०’ (आइफा) अवार्ड नेपालमा हुने भएको छ । यो अवार्ड नेपालमा हुने सरकारी तयारीसँगै यसको बिरोध सुरु भएको छ । सरकारले १ अर्ब खर्चिर नेपालमा आइफा अवार्ड हुने योजनाको बिरोध नेपाली फिल्मकर्मी खुलेर गरिरहेका छन् । सरकारले पर्यटन व्यवसायमा सहयोग हुने बताउँदै बलिउड कलाकारहरुको सुरक्षा लागि ४४ करोड २५ लाख सहित हवाई, खानपान तथा आवासको व्यवस्थापन गर्ने भएको छ । विदेशमा हुने आइफा अवार्डले यसअघि नीजि खर्चमा अवार्ड आयोजना गर्दै आएको थियो । तर, नेपाल सरकारले यो अवार्ड एक अर्ब खर्चिने भएको छ । अवार्ड हुने भन्ने खबरसँगै विवाद सुरु भएको हो ।
हाँस्य व्यांग्यकलाकार केदार घिमिरेले नेपाली कलाकारलाई मर्दा सेतो लुगा समेत चन्दा उठाएर किन्नु पर्ने अवस्थामा बलिउड अवार्डको लागि एक अर्ब किन खर्च गर्नुपर्यो भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता विधेयक ल्याऊ भनेर ‘थेग्नै नसक्ने प्रेशर आयो’ भनेको सुनेको थिएँ । फेरी प्रेशर हानेछ क्यार ‘आईफा अवार्ड गर’ भनेर । नत्र लथालिङ्ग देशको भताभुङ्ग ताल भैरहेको बेला विदेशी भाषाको सम्बर्धन हुनेगरी अनिकालको अरबौं बजेट किन खर्चिनु परो रु यता नेपाली कलाकारहरुलाई पशुपतिमा जलाउने बेला सेतो लुगा किन्न चन्दा उठाउन परिरहेको छ । कि राष्ट्रियता राष्ट्रियता भन्या पनि सुगा रटाइ मात्र हो रु हामिले जुन कर तिर्या छौँ के बलिउडमा लगानी गर्नलाई हो रु सानुमान्छे ठुलोकुरा भो की ?’ -ramailochha.com














