सानिमा लाइफले सार्वजानिक गर्यो बोनश दर

80

असार १३,
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बोनशदर सार्वजानिक गरेको छ । कम्पनीले बीमितलाई दिने बोनशदर सार्वजानिक गरेको हो । कम्पनी प्रतिहजार वार्षिक ३५ रुपैयाँदेखि ६५ रुपैयाँ दिने भएको छ ।

बीमा ऐन र बीमा नियमावली प्रयोजनार्थ जीवन बीमा व्यवसाय गर्ने बीमकको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मुल्याङकन गरी उक्त बोनस दर सार्वजनिक गरेको सानिमा लाईफ इन्स्योरेन्सले जनाएको छ । बीमा कम्पनीले असार ३ गते दिएको स्वीकृती पश्चात कम्पनीले उक्त नयाँ बोनशदर सार्वजानिक गरेको हो ।

कम्पनीले २५ वर्ष वा सोभन्दा बढीको सावाधिक, सावाधिक तथा आजिवन बीमा योजनामा ६५, २० देखि २४ वर्षसम्म सावाधिक, अग्रिम भुक्तानी सावाधिक र सावाधिक तथा आजिवन बीमा योजनामा ४५, १५ देखि १९ वर्षसम्म सावाधिक, अग्रिम भुक्तानी सावाधिक र सावाधिक तथा आजिवन बीमा योजनामा ४० रुपैयाँ, १४ वर्षसम्म ३५ रुपैयाँ बोनशदर दिने कम्पनीले जनाएको छ ।