एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

289

असार १३,
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीको लब्धांक पत्रमा अनुत्तीर्ण लेखिदैन । तर सबै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ असार १५ गते र शिक्षा मन्त्रालयले २०७४ असार ५ गते गरेको निर्णयअनुसार न्यूनतम जीपीए १.६ निर्धारण गरिएको छ ।

१.६ भन्दा कम जीपीए पाउनेहरूले भने कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । यसवर्ष ५६ हजार ७ सय ३९ जनाले १।६ भन्दा कम जीपीए प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । त्यससँगै सम्बन्धित विषयमा न्यूनतम ‘डी प्लस’ वा ‘सी प्लस’ नल्याउनेले पनि कक्षा ११ भर्ना हुन पाउँदैनन् । प्राविधिक विषयतर्फ भने विषयगत न्यूनतम ग्रेड तोकिएको छैन ।

एसईईको नतिजा : सरकारी लगानी बालुवामा पानी