Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय हेर्नुहोस् दुलहीले कुकुरसँग गरेको डान्स, भिडियो हेरेर सोसल मिडियामा सबै चकित

हेर्नुहोस् दुलहीले कुकुरसँग गरेको डान्स, भिडियो हेरेर सोसल मिडियामा सबै चकित

249

एजेन्सी, असार १२,
काठमाडौँ । विवाहको मौकामा एक दुलही आफ्नो कुकुरसँग डान्स फ्लोरमा पुगिन् र दुबै मिलेर यस्ता डान्स गरिन् त्यहाँ उपस्थित सबै देखेर दंग परे । सेलिब्रिटी डग ट्रेनर सारा कार्सन डिवानले हालै आफ्ना साथी ट्रेनर जोन डिभाइनसँग विवाह गरिन् । त्यसपछि उनले आफ्नो ७ वर्षको कुकुरसँग डान्स गरिन् । यो भिडियो तीब्र रुपमा सोसल मिडियामा भाइरल भइरहेको छ ।

Today was a big day! –So happy to have Hero by my side through my life’s journey. We had a Super Devine night ??

Publiée par The Super Collies sur Samedi 15 juin 2019

सारा आफैंले यो भिडियोलाई सोसल मिडियामा पोष्ट गरिन् । भिडियोमा सारा र उनको कुकुर फ्रि स्टाइलमा डान्स गरिरहेको देख्न सकिन्छ । नाच्ने क्रममा कुकुरले सारामािथ चढेर आफ्नो कला पनि देखायो । भिडियो पोष्ट ष्र्लै सासारले क्याप्सन लेखेकी छिन्, ‘आज मेरो लागि ठूलो दिन हो । म निकै खुसी छु कि जीवनको यात्रामा यो हिरो मसँगै रह्यो । हामीले साथमा एक उत्कृष्ट समय बितायौं ।’

भिडियो सेयर गरेपछि यो भाइरल हुन धेरै समय लागेन । अहिलेसम्म यसलाई ९० लाख बढीले हेरिसकेका छन्साराले डेली मेललाई भनिन्, ‘मैले ठूलो र गह्रुँगो पहिरन लगाएकी थिएँ जसका करण म निकै नर्भस थियौं । हामीले विवाहको दिन गरिने डान्स प्राक्टिस गरेका थिएनौं त्यसकारण मलाई के गर्ने भन्ने पनि थाहा थिएन । ’साराले अमेरिका गट ट्यालेन्ट, टेलिभिजन शो र लाइभ स्टेजमा आफ्नो कुकुरसँग विभिन्न प्रस्तुती दिइसकेका छन् ।