असार ११,
काठमाडौँ । लघु चलचित्र ‘स्वाभिमानको खेती’ ट्रेलर सार्वजनिक भएको छ। वास्तविक सत्य घटनामा आधारित रहेर फिल्म निमार्ण गरेको चलचित्र का निर्देशक राजु पुडासैनीले बताए । यस लघु चलचित्रको कथा परिकल्पना नबिन पोखरेलले गरेका हुन्। आशिष पुडासैनीको छायांकन ,सागर थापा, युबराज देबकोटा दिपक चालिसे र सुमन दनुवारको मुख्य भुमिका रहेको यस चलचित्रलाई छिट्टै नै टिभी च्यानल अनि युटुब बाट सार्वजनिक गर्ने तयारी गरिरहेको निर्माण टिमका संगम नगरकोटिले जानकारी गराए।













