गुठी विधेयक संसदबाट फिर्ता

105

असार १०,
काठमाडौँ । सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। विधेयकको चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन्। राष्ट्रियसभामा विधेयक फिर्ता लिने मन्त्री अर्यालको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो।