अछामका दुई वडा कार्यालयमा आगजनी

171
सांकेतिक तस्विर

असार १०,
अछाम । सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५र६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ।

भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेकोथियो। आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन्।

यता ढकारी गाउँपालिका ५ को वडा कार्यालय रहेको दुई कोटे भवन जलेर नष्ट भएको छ भने वडा कार्यालयमा रहेका १२ वटा प्लास्टिक कुर्सी, २ बञ्च,२ थान टेवुल,१ थान दराज, २ जग ,२ प्लास्टिक बाल्टी, २ हजार राजस्व रकमका साथै वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको