Sunday, October 25, 2026
Home समाचार भक्तपुरमा सस्कृतिविद सत्यमोहन जोशीलाई भव्य नागरिक अभिनन्दन (७ तस्विरमा हेरौं)

भक्तपुरमा सस्कृतिविद सत्यमोहन जोशीलाई भव्य नागरिक अभिनन्दन (७ तस्विरमा हेरौं)

229

असार ६,
भक्तपुर । शुक्रबार भक्तपुरमा संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा भव्य नागरिक अभिनन्दन गरिएको छ । सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले जोशीलाई भक्तपुर नगरपरिक्रमा गराएर अभिनन्दन गरेको हो । संस्कृतिविद जोशीलाई नेवारी परम्परा अनुसार सगुन खुवाएर, दोसल्ला ओढाउनुका साथै अभिनन्दनपत्र अर्पण गरिएको थियो ।
नेपाली भाषा कला, संस्कृतिको संरक्षण संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरुप जोशीलाई भक्तपुरमा सम्मान गरिएको समितिले जनाएको छ ।
सम्मान कार्यक्रममा संघीय सांसद महेश बस्नेत, प्रदेश सांसदहरु डा.राजेन्द्रमान श्रेष्ट, रजनी जोन्छे, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवर, चागुँनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सूर्यविनायकका बासुदेव थापा, मध्यपुरथिमीका मदन सुन्दर श्रेष्ठलगायतले सम्मान गरेका थिए ।
त्यसैगरि भक्तपुरका समाजसेवी तथा साहित्यकार तेजेश्वर बाबु ग्वंग, तिलक प्रकाश कायस्थ, भैरव रिसाल लगायतको उपस्थिती रहेको थियो । १९७७ साल बैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मेका हुन् । जोशीले वि.सं २०१३, वि.सं. २०१७, वि.सं. २०२८ मा गरेर नेपाली साहित्यको चर्चित मदन पुरस्कार पाएका छन् ।