सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त हुदाँ जिल्ला इञ्चार्ज मारिए

139
सांकेतिक तस्विर

असार ५,
काठमाडौँ । प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे । मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् । पोखरेलका अनुसार सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका– १ मा विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेका थिए ।

मोरसाइकलमा आएको समूहले कटुवा पेस्तोलबाट गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीले थ्री नट ३ को ३ राउण्ड गोली ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको छ । तीन जना भने भाग्न सफल भएका छन् ।