असार ५,
पोखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भएको बताएका छन् ।
बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै , ‘म पनि अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको प्रचण्डले बताए ।’
प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र अर्का अध्यक्ष ओलीबीच कुराकानी भइरहेको बताए । पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिका सन्दर्भमा आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार भइरहेको भन्दै उनले भने, ‘मेलै भनेर सुरु भयो जसरी प्रचार भएको छ, यो सत्य होइन । मैले बोल्नुभन्दा पहिले सार्वजनिक भएका थिए ।’
यसबाट पनि कसैले खेल्न खोजेको छ भन्ने प्रष्ट भएको उनले बताए । ‘एकता प्रक्रिया र त्यसबेला गरेका प्रतिवद्धतामा दयाँबायाँ गर्ने छुट कसैलाई पनि छैन’ उनले भने, ‘जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्प बाहिर जान मिल्दैन ।’
‘पार्टीभित्रकै साथीहरुले समेत मिडियामा आएपछिमात्रै विधेयकको बारेमा थाहा पाउने हुन थाल्यो, सबैभन्दा पहिले पार्टी र सकारका फोरमहरुमा छलफल हुन पर्यो। सरोकारवालाहरुसँग छलफल गर्नुपर्यो। मैले प्रधानमन्त्रीसँग बुधबार भेटर पनि त्यही भनेको छु,’ अध्यक्ष दाहालले भने।