असार ३,
काठमाडौँ । नायिका श्वेता खड्काको जीवनमा निकै उताब चढाब आएको छ । उनले हालै ट्युमरको शल्यक्रिया गराइन् । सफल उपचार पश्चात् उनी अष्ट्रेलियाको एक कार्यक्रममा सहभागी हुन पुगेकी छिन् । श्वेता उनी सविता उप्रेतीको संस्थाद्धारा अटिजम प्रभावित बच्चाहरुप्रति लक्षित विशेष स्कूल भवन निर्माणको सहयोगार्थ एनआरएनए अष्ट्रेलियाले आयोजना गरिरहेको परोपकारी डिनर कार्यक्रममा सहभागी भइन् । उनले अष्ट्रेलियामा दुलहीको भेषमा फोटो सुट गरेकी छिन् । उनी दुलहीको भेषमा निकै सुन्दरी देखिएकी छिन् । अंकित केसीले खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल जस्तै भइरहेको छ ।
नायिका श्वेता खड्का र नायक श्रीकृष्ण श्रेष्ठ बैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरुको विवाह भएको केहि महिनामै श्रीकृष्ण श्रेष्ठको मृत्यु भयो । त्यसपछि नायिका श्वेताले विवाहको केहि योजना नबनाएको बताउँदै आएकी छिन् ।