एजेन्सी, असार ३,
काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । मानिसहरुले आर्यनको अभिनयअघि उनको आवाज हलिउडको ठूला प्रोजेक्टमा सुन्न पाउनेछन् ।
आर्यन खानले आफ्ना बुवा शाहरुख खानसँग अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिँदैछन् । फिल्मका मुख्य भूमिका सिम्बालाई आर्यन र सिम्बाका पिता मुसाफालाई शाहरुख खानले आफ्नो आवाज दिनेछन् । फिल्म ‘द लायन किंग’ पहिलो पटक सन् १९९४ मा रिलिज भएको थियो । यो फिल्म रिलिज भएको २५ वर्ष पुरा हुँदा डिज्नी च्यानलले यसै कहानीलाई अब नयाँ प्रविधीमार्फत् बनाइएको एनिमेशन फिल्मको रुपमा पुनः रिलिज गर्ने निर्णय गरेको छ ।