आजको मौसमः हावाहुरी सहित वर्षाको सम्भावना

281

असार २,
काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।