जेठ ३१ देखि असार ५ गतेसम्मको राशिफल

90

– रामप्रसाद सिटौला (फलित ज्योतिष)असार १ गते : असार संक्रान्ति, असार ५ गते : विश्व शरणार्थी दिवस । 

 

मेष

प्रतिष्ठित व्यक्तिसँगको भेटघाटले नयाँ अवसर पहिल्याउनेछ । ईर्ष्या गर्नेहरू तपाईंको प्रगति देखेर छटपटाउनेछन् । शारीरिक आलस्यताले अवसर फुत्काउन सक्छ, सावधानी अपनाउनुहोला । खानपानको असावधानीले स्वास्थ्य समस्या देखा पर्ला । यात्रा गर्दा समयको ख्याल गर्नुपर्नेछ ।

वृष

मौसमी फेरबदलका कारण आइलाग्ने सानातिना शारीरिक पीडाले पिरोल्ने सम्भावना छ । नातेदार तथा टाढा रहेका साथीभाइसँग भेटघाट हुँदा नौला परिकारको रसास्वादन गर्न पाइनेछ । यात्रामा बढी खर्च होला । सेतो रंग प्रयोग गर्न सके काम–व्यवहारमा ऊर्जा प्राप्त हुनेछ ।

मिथुन 

सहयोगी भावनाअनुरूप प्रस्तुत हुँदा अपजस आइलाग्न सक्छ । सकेसम्म कम बोल्नुमै आफ्नो हितमा छ । व्यवसायलाई मुनाफामूलक बनाउन प्रेमी–प्रेमिकाको सुझावको पालना गर्नुपर्नेछ । शुभकार्यमा धन खर्च गर्नुहोला । साताको अन्त्यमा पेट तथा टाउकोसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

कर्कट 

सोचेजस्तै उपलब्धि हात पार्न सेतो रंगको पहिरन प्रयोग गर्नुहोला । कुनै पनि काममा प्रतिफल हात पार्न ठूलै प्रयत्न गनुपर्नेछ । प्रलोभन देखाउनेहरूसँग सचेत रहनुपर्ला । वृद्धवृद्धा तथा अपांगहरूको सेवामा आशीर्वाद मिल्नेछ । रचनात्मक कार्यमार्फत अरूको मन जित्न सकिनेछ ।

सिंह

मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुन सक्छ । नौलो किसिमको व्यवसाय प्रारम्भ गर्न साझेदारहरूबीच मन मिल्नेछ । चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनुहोला । प्रेमी–प्रेमिकाबीच खटपट पर्ने सम्भावना छ । जोडी नम्बरको सवारी साधन चलाउँदा सहज महसुस हुनेछ ।

कन्या

नयाँ सवारी साधन खरिद गर्ने साइत जुर्न सक्छ । प्रेमी/प्रेमिकाले दिएको उपहारले मन प्रफुल्लित बनाउनेछ । योजनाबिना साथीसँग नयाँ स्थानको भ्रमण गर्दै मिष्ठान्न भोजन गर्न पाइनेछ । विदेशमा अध्ययनसँगै राम्रो रोजगारीको अवसर जुट्ने सम्भावना छ । खानपानमा सावधानी अपनाउनुहोला ।

तुला 

मनोरञ्जक क्रियाकलापमा सहभागी हुँदा मानसिक ऊर्जा प्राप्त होला । फेसनका सामग्रीमा राम्रै धन खर्च हुन सक्छ । काममा सुस्तता एवं बेवास्ताले नोक्सान पुर्‍याउन सक्छ । मान्यजनको भनाइ आत्मसात् गर्नुपर्ने समय छ । बाहिरी खानपानमा सावधानी अपनाउनुहोला ।

वृश्चिक

आफन्तले नै आर्थिक संकटमा पार्ने सम्भावना छ । व्यवसायिक कारोबार गर्दा सावधानी अपनाउनुपर्नेछ । अनुकूल अवस्थामा कार्य सम्पन्न गर्न ढिलाइ गर्दा पछि परिनेछ । मित्रवर्गले दिएको वचनअनुरूप समयमै सहयोग गर्नेछन् । धर्म तथा पूण्य आर्जनमा रुचि बढ्नेछ ।

 धनु 

केही दिनको अन्तरमै विदेश यात्राको साइत जुर्ने सम्भावना छ । सहयोगी पारिवारीक वातावरणले नयाँ काममा ऊर्जा प्रदान गर्नेछ । व्यवसाय वृद्धि गर्ने क्रममा शारीरिक तथा मानसिक बोझ बेहोर्नुपर्नेछ । योग तथा ध्यानमा मन लगाउनुहोला ।

मकर

पुँजी तथा मेहनतबाट नयाँ अवसर सिर्जना होला । तपाईंको गल्ती सच्याउने स्वाभावको प्रशंसा हुनेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिवर्तन आवश्यक छ । परिचित मित्रहरूबाटै प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । कुनै पनि विषयमा तथ्य पत्ता नलगाई निर्णय नलिनुहोला ।

कुम्भ

असहज परिस्थतिबाट उम्कन बढी खर्च गर्नुपर्नेछ । मन पर्ने उपहार हात लाग्ने सम्भावना छ । धन आर्जन गर्न सकिनेछ । मित्रहरूको आर्थिक सहयोगबाट व्यवसाय सञ्चालन गर्न उत्प्रेरणा जाग्नेछ भने आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरसमेत जुट्नेछ ।

मीन

घरायसी काममा अल्झँदा प्रतिस्पर्धीहरूभन्दा पछि परिनेछ । भावीमार्ग पहिल्याउन एकाग्रतामा जोड दिनुहोला । अभिभावकहरूबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग पुर्‍याउनेछ । यो साता जोडी नम्बरको सवारी साधन चलाउँदा विशेष लाभ हुन सक्छ ।  -साप्ताहिक