Saturday, October 3, 2026
Home समाचार पत्रकारहरुले मै मात्र राम्रो हु भन्ने भ्रम त्याग्नु पर्दछ

पत्रकारहरुले मै मात्र राम्रो हु भन्ने भ्रम त्याग्नु पर्दछ

234

पुजा बस्नेतर/रिता बोलखे,जेठ ३०,
भक्तपुर । पछिल्लो समय संञ्चार क्षेत्र र पत्रकारीता क्षेत्रमा विकृति मौलाएको भन्दै सरोकारवालाहरु पत्रकाहरुको समेत सम्पत्ति सुद्धिकरण गर्ने बेला भएको बताएका छन् ।

विहिवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको सञ्चार स्वनियमन बिषयक अन्र्तक्रिय कार्यक्रममा सरोकार उक्त धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टले मिडिया बिधेकको आन्दोलन असफल भए मिडिया धारासायी हुने बताएका छन् ।
बिष्टले समाचार लेखेकै भरमा पत्रकाकारले भोग्नु पर्ने आर्थिक र जेल सजाय सरकारले ल्याएको बिधेयकले पूर्णता पाए नेपालमा सञ्चार जगतको अस्तित्व नै समाप्त हुने बताएको हुन् ।

सरकारले ल्याएको मिडिया बिधेयकले सरकारको गुणगाउनेहरुका लागि मात्र भएको र आलोचना गर्नेहरुका लागि जेल र आर्थिक सजाय भएको उनले बताए । पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रले पत्रकारहरुले स्वनियमन गर्दै पत्रकारीताको धर्म निर्वाह गर्नु पर्नेमा जोड दिँदै १०० बुँदे स्वनियमन कार्यतालिकाबारे जानकारी दिए ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष शुसिल बन्धु थापाले कतै पत्रकारले तलब नपाएर अर्थिक अभाव बेहोर्नु परेको छ कतै राता रात महल ठडाउनेहरु पनि भएकाले पत्रकारको सम्पत्ति सुद्धिकरण गरिनु पर्ने बताए ।

नेपाल प्रेस संगठनका केन्द्रिय सदस्य सोम शर्मा बजगाई, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बु, पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारले ल्याएको मिडिया बिधेक संचार क्षेत्रमा अंकुश लाउन ल्याएको बताएका छन् । (प्रशिक्षार्थी पत्रकार)