जेठ २७,
भक्तपुर । सूर्यविनायक नगरपालिका भित्र रहेका बालबालिकाहरुको सम्पुर्ण विवरण सहितको तंथ्याक संकलन हुने भएको छ । नगर स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिको अगुवाईमा, याव नेपाल र सम नेपालको सहकार्यमा र सुर्यविनायक नगरपालिकाको सहयोगमा एक हप्ता लगाएर १० वडामा ९/९ जनाका दरले ९० जना संकलनकर्ताहरु परिचालन गरि तंथ्याक संकलन गर्न लागिएको हो प्राप्त तंथ्याकको आधारमा सुर्यविनायक नगरपालिकाले आगामी दिनमा बालमैत्री नगरपालिका निर्माण गर्न नयाँ योजनाहरु तर्जुमा गर्न र नगर भित्र र बाहिरबाट अस्थायी बसोबास गरि रहेका बालबालिकाहरुको अवस्था पहिचान गरि उनीहरुको हक अधिकार सुनिश्चित गर्न र संरक्षित गर्न उक्त कार्यक्रम तय गरिएको नगर स्तरीय बाल संरक्षण समितिका सदस्य–सचिव दिपेश विसुन्केले जानकारी दिए ।