आफ्नै कारणले ओली सरकारको भविष्य छैनः पौडेल

210

जेठ २५,
काठमाडौं । काँग्रेस नेता प्रदीप पौडेलले आफ्नै कारणले केपी ओली नेतृत्वको सरकारको भविष्य नरहेको दाबी गरेका छन् । उनले कम्युनिष्ट सरकारले सिङ्गो मूलुकलाई नै कम्युनिष्टकरण दाबी समेत गरे ।
काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत शनिबार धादिङबेसीमा आयोजित आमसभामा उनले भने, ‘चोरिएको मोटरसाइकल चढेर हिँडेका पार्टी कार्यकर्ताले पनि नेकपाको सदस्यता रसिद देखाएमा प्रहरीले समाउँदैन । उनीहरुले लाइसेन्स र ब्लुबुक होइन पार्टीको सदस्यता रसिद बोकेर हिँडे पुग्छ ।’

पौडेलले ओली सरकारले देशलाई अस्थिरता र अशान्तितिर धकेलेको आरोप पनि लगाए । अभियान अन्तर्गत धादिङमा एक महिना लामो पहिलो चरणकोे कार्यक्रम सकिएपछि काँग्रेसले जिल्ला स्तरीय आमसभा आयोजना गरेको हो ।