रिता बोलखे
जेठ २४,
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली सेना कसैको नोकर नभएको र कोही कसैले बोलाउँदैमा जानु पर्छ भन्ने नरहेको बताएका छन् ।
पार्टीको जनजागरण कार्यक्रम अन्र्तगत कांग्रेस मध्यपुर ठिमी नगरसमितिद्धारा आयोजित सभालाई शुक्रबार संम्बोधन गदैं उनले भने ‘ सेना किन र केकालागि जाने, राष्ट्रिय सुरक्षा परिषदमा सरकारले मनपरी गरिरहेको छ ।’
सेना राष्ट्रिय अंग हो, सुरक्षा परिषदमा प्रधानन्यायधिस, रक्षा सचिवलगायतका छन्, सुरक्षा सल्लाहकार हुन्छन् तेहाबाट मात्र सेना परिचालन हुनु पर्ने सभापति देउवाले बताए ।
‘राजश्व विभाग, गुप्तार, अख्तियार सबै निकयलाई अविश्वास गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरुको विश्वास गरेका छन्, उनले भने । ’
कार्यक्रममा सभापति देउवाले देशका हरेक अंगमा कब्जा गरेर वर्तमान सरकारले अधिनायकवाद लगाउन खाजेको उनले आरोप लगाएका छन् ।
पार्टी एक ढिक्का भएर अगाडी बढेमा यस्ता अधिनायकबादलाई समाप्त पार्न समय नलाग्ने समेत उनले बताए ।
कार्यक्रममा कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री ओली, सभामुख कृष्ण बहादुर महरा सबैको होश हराएको बताएका छन् ।
उनले सरकारलाई अदालत, मिडिया र सेनासंग डर भएकाले दुई तिहाईको दम्भ देखाएर त्रसित बनाउन खोजेको आरोप समेत लगाए ।
उनले भने ‘अधिकार एउटा व्यक्तिमा केन्द्रित गरेर सरकार टिक्ने भए राणा शासनको अन्त्य नहुने, विकाश हुने भए आज ज्ञानेन्द्र रुदैं कराउदै हिड्ने अवस्था समेत आउने थिएन । ’
तरुणदलका सभापति जितजंग बस्नेत, नेपाली कांग्रेसले भक्तपुरका सभापति दुर्लभ थापालगायतले पार्टीको ध्यान सक्तामा भन्दापनि जनताको समस्या ध्यान दिनुपर्ने भन्दै पार्टीभित्रका कमीकमजोरीलाई हटाउन सबैलाई आग्रह गरेका छन् । (प्रशिक्षार्थी पत्रकार)