भूवन केसी र रीमा विश्वकर्माको बिहे

1342

जेठ २४,
काठमाडौँ । चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बेहुला बेहुलीको दृश्यमा देखिएका छन्। नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले चलचित्रको पर्दामा धेरै पटक बिहे गरिसकेका छन् । रियल लाइफमा पनि दुबैले बिहे गरिसकेका छन् । राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा भूवन केसीको दोहोरो भूमिका छ । प्रेमराज दाहालको लगानीमा बनिरहेको यो चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन छ ।