जेठ २४,
काठमाडौँ ।
-लोकसेवा पढ्ने मनस्थिति बनाउनुअघि निजामती सेवा र लोकसेवा परीक्षाका विषयमा पनि आफ्नो स्पष्ट धारणा बनाउनुस् ।
-लोकसेवा पढ्ने स्पष्ट भएपछि म जसरी पनि सफल हुन्छु भन्ने दृढ अठोट राख्नुस् ।
-लोकसेवासम्बन्धी सकेसम्म धेरै सामग्री संकलन गर्नुस्, यसको अर्थ आफ्नो अध्ययनको दायरालाई सकेसम्म विस्तार गर्नुस् ।
-ज्ञान हासिल गर्ने मामिलामा कहिल्यै नहिच्किचाउनुस् । आफूभन्दा ज्येष्ठ र अघि नै लोकसेवा पास गरिसकेकासँग ‘आइडिया’ लिनुस् ।