एजेन्सी, जेठ २२,
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामले नग्न तस्वीरमा पोष्ट गर्न सेन्सर लगाएपछि फेसबुकको मुख्यालयमा प्रदर्शन भएको छ । फेसबुकको न्यू योर्क मुख्यालयमा सामाजिक सञ्जाल फेसबुकमा नांगो तस्बिर राख्न पाउनुपर्ने भन्दै प्रदर्शनभएको हो । सिएनएनका अनुसरा फेसबुक र इन्स्टाग्रामले कलात्मक नग्नता विरुद्द सेन्सर लगाएको आरोपमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले सडकमा नग्न भएर आफ्ना निप्पल देखाएको समाचारमा जनाइएको छ। सेन्सरसीप विरुद्ध राष्ट्रिय गठबन्धनले विरोधको आयोजना गरेको थियो।
महिला अधिकारकर्मीले सामाजिक सञ्जालमा आफ्ना अङ्गहरू माथि सेन्सर लगाउने काम न्यायोचित नभएको बताएका छन् । इन्स्टाग्रामको सामुदायिक निर्दे्शिका अनुसार नग्न फोटो साइटमा प्रतिबन्धित छन ।