जेठ २२,
भक्तपुर । ४६ औं विश्व वातावरण दिवसको असरमा भक्तपुर सबै मिलेर हरियाली क्षेत्र बढाउन वृक्षारोपण गरेका छन् ।
बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ र ८ को संयुक्त क्षेत्रमा रहेको सूर्यविनायक मन्दिरको क्षेत्रमा वृक्षारोण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साना विद्यार्थी, स्थानीय बासिन्दा, मन्त्री, सांसद, जनप्रतिनिधी, नोपल सरकारका कर्मचारी, गैरसरकार संस्थालगायतका प्रतिनिधीहरु वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए ।
फोहोरको व्यवस्थापन उचित ढंगबाट गर्न र वन जंगलको संरक्षण गर्न सकेमात्र पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न सकिने अभियन्ताहरुको भनाई रहेको छ ।
कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्दै घरबाट बाहिर ल्याउन र प्लास्टिकजन्य सामाग्रीको सकेसम्म कम प्रयोग गर्न समेत सो अवसरमा आग्रह गरिएको छ ।
उद्यान उद्घाट तथा वृक्षारोपण कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगर, संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद प्रतिमा श्रेष्ठ, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायतको उपस्थिती रहेको थियो ।