आर्थिक वर्ष २०७५/७६ को बजेट तपाईको स्थानीय तहमा कति ?

238

जेठ २१,
काठमाडौँ। नेपालमा बजेट भाषण सुरु हुन थालेको ६७ वर्ष पुग्यो । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।यो बजेट नेपालको ७१ औँ बजेट हो ।
खतिवडाले संघीय संसदमार्फत् धेरैको अनुमानभन्दा कम आकारको बजेट सार्वजानिक गरेका हुन् । धेरैले अर्थमन्त्रीले १५ देखि १८ खर्ब रुपैयाँको हाराहारीको बजेट ल्याउने अनुमान गरेका थिए । चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट व्यवस्था गरिएको छ ।   तपाईका स्थानीय तहको बजेट थाहा पाउन यहाँ हेर्नुहोस्