नेपालमा सुरु भयो ‘पुरुषमात्रै भएको मञ्च’ बहिष्का गर्ने अभियान

181

जेठ १४, विनिता दाहाल (बीबीसी ),

राजनीतिक, साहित्यिक, आर्थिक वा कुनै पनि विषयमा हुने कार्यक्रममा मञ्चमा महिलाको उपस्थिति भएको या नभएको भन्नेबारे नेपालमा बहस हुन थालेको छ। हालसालै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले एक गैरसरकारी संस्थाको ुपुरुषमात्र हुने मञ्च इन्कार गरौुं भन्ने अभियानको थालनी गरे। चैत महिनाको अन्त्यमा पोखरामा भएको नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रममा स्थानीय आमा समूहले मञ्चमा सबै पुरुषमात्रै भएको भनी गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङको कार्यक्रम बहिष्कार गरे।

प्रगति दिदी बहिनी समूह पोखरामा आबद्ध विष्णु केसी भन्छिन्, त्यसबेला हामी सारा ६ नम्बर वडाका महिलाहरूले कार्यक्रम बहिस्कार गरेका हौं। मञ्चमा महिला सहभागिताको बहस सङ्ख्या र सहभागिताका लागि भन्दा पनि महिलामैत्री नीति निर्माणका लागि हुनुपर्ने आवाज उठ्न थालेको छ। महिला अधिकारका विषयमा कलम चलाउँदै आएकी अमृता लम्साल महिलाको भूमिका परिवर्तन गर्नका लागि मञ्चमा महिलाको उपस्थिति आवश्यक ठान्छिन्।

उनले भनिन्, छलफल र बहसहरू हुने मञ्चमा महिलाको धारणाको पनि कदर हुनुपर्छ। महिलाले जहिले पनि पुरुष अतिथिलाई माला लगाइदिने वा उद्घाटन गर्दा ट्रे बोकेर सघाइदिने दृश्य परिवर्तन गर्न आवश्यक छ। उनले अढाई दशकको अनुभवमा मञ्चमा महिलाको उपस्थितिमा खासै परिवर्तन नभएको बताइन्।अहिले मञ्चमा पनि महिला हुनैपर्छ भनेर आवाज उठाउनुपर्छ किनकि महिलाका आवाज सुनिन आवश्यक छ।

धेरैजसो कार्यक्रममा महिलाको योग्यता नभएकाले चाहँदाचाहँदै पनि महिलाहरू ल्याउन नसकिएको भन्ने गुनासो पनि सुनिन्छ। मञ्चमा महिला हुनुपर्ने आवाज उठिरहेका बेला हालसालै बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले यसबारे आफ्नो धारणा लेखेका थिए। प्रधानले प्रश्न गरेका छन्स् ‘मञ्चमा बसेर कुनै विचार व्यक्त गर्न नसक्ने एउटा महिला थपना राखेर महिला हित आत्मसात गर्न नसकेको पुरुषको भेलामा सहभागिता जनाउन जानुभन्दा महिला हितका लागि राष्ट्रिय नीतिमा परिवर्तन ल्याउन दबाब सिर्जना गर्नसक्ने पुरुषमात्र भएको मञ्च बढी सान्दर्भिक होइन र ?