‘छ माया छपक्कै’ मा सुपुष्पा पनि

217

जेठ १४,
काठमाडौँ । फिल्म ‘छ माया छपक्कै’ मा नयाँ नायिका अनुबन्धित भएकी छिन् । छायाँकन सुरु भएपछि नायिका सुपुष्पा भट्ट फिल्मका लागि पक्का भएकी हुन् । ‘छ माया छपक्कै’ मा मुख्य हिरोइनको रुपमा भने नायिका केकी अधिकारी रहेकी छन् । फिल्ममा सुपुष्पा कलाकारद्वय केदार घिमिरे र जितु नेपालको जोडीको रुपमा रहने बुझिएको छ । सुपुष्पा रणवीर डेव्यु गर्ल हुन् । अभिनेता दिपकराज गिरीको जोडीको रुपमा भने केकी हुन् । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भैरहेको फिल्म ‘छ माया छपक्कै’ को यतिबेला सिन्धुलीमा छायाँकन भैरहेको छ । फिल्म दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् ।

फिल्म ‘छ माया छपक्कै’ को सम्पूर्ण जसो छायाँकन सिन्धुलीमा हुनेछ । दशैंमा रिलिज गर्ने गरी टिम फ्लोर गएको हो ।