लिलिबिली’ को तेश्रो गीत रिलिज (भिडियो सहित)

194

चैत ११,
काठमाडौं । यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’ को तेश्रो गीत रिलिज गरिएको छ । नायक प्रदीप खड्का र नायिका प्रियंका कार्की फिचरिङ भिडियोको छायाँकन स्कटल्यान्डको इस्तानबुलमा गरिएको हो । एसडी योगीको संगीत तथा स्वर रहेको हावा सरी बोलको गीतमा दिपेन्द्र घिमिरेको शब्द छ । एसडीलाई मेनुका पौडेलले स्वरमा साथ दिएकी छन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन । सिनेम्याटोग्राफी सुदीप बरालको छ । मिलन चाम्स निर्देशित लिलिबिली मा प्रदीप र नव नायिका जसिता गुरुंग मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा प्रियंका, नायक सविन श्रेष्ठ र अनुपविक्रम शाहीको अभिनय छ । फिल्मलाई निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् ।https://www.youtube.com/watch?time_continue=1&v=FI2B33XPZMo