जेठ १०,
काठमाडौँ । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन्। तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्।
उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ। उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन्।