भारतीय निर्वाचन : सत्तारुढ एनडीए ३४६, विपक्षी गठबन्धन यूपीए ९०

102

एजेन्सी, जेठ ९,
नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ गठबन्धन एनडीए ३४६ स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीए ९० स्थानमा मात्र अगाडि रहेको छ । अन्यको १०६ स्थानमा अग्रता रहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा धेरै अगाडि देखिएका छन् । उनी बाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा लडेका छन् ।