आज हावाहुरी सहित वर्षा हुने

56

जेठ ९,
काठमाडौँ । बिहीबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।