ट्रेड युनियन कांग्रेस प्रदेश -२ को प्रशिक्षण सम्पन्न

68

जेठ ८,
विरगन्ज । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश-२ को संगठन सुदृढीकरण प्रशिक्षण कार्यक्रम विरगन्जमा सम्पन्न भएको छ ।

प्रदेश-२ का नेतृत्वहरुलाई नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश के.सि., नेपाल कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी र प्रदेश अध्यक्ष लक्षमण प्रसाद कुर्मीले ट्रेड युनियन कांग्रेसको आगामी कार्यदिशा, ट्रेड युनियन आन्दोलन, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम कानुन , ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिती बैठकको निर्णय लगाएत संगठनबारे प्रशिक्षण दिनु भएको थियो ।

प्रदेश समिति अध्यक्ष लक्षमण प्रसाद कुर्मीले परिवर्तित परिवेशमा प्रदेशका नेतृत्वहरुलाई साङ्ठानिक एवं नयाँ बनेको ऐन कानुनबारे जानकारी गराउदै संगठन सुदृढीकरण गर्नकालागी प्रशिक्षण आयोजना गरेको बताउनु भयो ।