एमाले माओवादी पार्टी एकता देशको विकास र समृद्विको लागि भएको हो : सांसद सापकोटा

258

जेठ ६,
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीको आयोजनामा प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम आज हटियामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रलाल सापकोटाले नेपालमा समाजवाद निर्माण गरि समृद्व राष्ट्र निर्माण गर्ने उद्येश्यले तत्कालिन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भएको बताउनु भएको छ । पार्टी एकता पछि भौतिक रुपमा कार्यकर्ता एक ठाउमा भईसकेको र अब मानसिक रुपमा एक ढिक्का हुनु सांसद सापकोटाको भनाई छ ।

अहिले एक थरी तत्व अनेक बाहानबाजी गरेर विभिन्न योजनामा संविधान च्यात्ने प्रयत्नमा लागि परेको भन्दै लोकतन्त्र, धर्मनिरपेक्षता, संघियता समावेशिता खतरामा रहेको बताउनु भयो त्यसको लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता सजक रहनु पर्ने सापकोटाले धारणा राख्नु भयो । सो अवसरमा अध्यक्ष सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका नव गठित कार्य समितिलाई सपथ ग्रहण गराउनु भएको थियो । पार्टीमा ईमान्दार, कर्मठ र चुस्त दुरुस्त रुपमा अगाडी बढ्ने नगर कमिटीले प्रतिवद्वता व्यक्त गरेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश सदस्य तथा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले शुभकामना मन्तव्य राख्नु भएको थियो । सपथ ग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका अध्यक्ष ललित श्रीसको अध्यक्षता, सदस्य कौशिला घर्तीको स्वागत र सचिव डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो