जेठ ५,
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्डको बैंकक उडेका छन्। आइतबार उनी पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित थाइ एयरवेजको विमान चढेर बैंकक उडेका हुन्। पूर्वराजाका स्वकीय सचिव मणि पाठकका अनुसार पूर्वराजा स-परिवार बैंकक गए पनि कति दिन त्यहाँ बस्ने भन्ने अहिले खुलेको छैन।पारस-हिमानीका छोरीहरू कृतिका र पूर्णिका अध्ययन गरिराखेको शैक्षिक संस्थाको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वराजाका परिवार बैंकक गएका हुन्। उनीहरू करिब एक महिना बैंकक रहने कार्यक्रम छ।












