Sunday, October 4, 2026
Home अन्तर्राष्ट्रिय पाकिस्तानी मुद्रा नेपाली रुपैयाँ भन्दा पनि कमजोर

पाकिस्तानी मुद्रा नेपाली रुपैयाँ भन्दा पनि कमजोर

65

जेठ ५,
काठमाडौँ । प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी रुपैयाँ एसियाकै सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको जनाएको छ। अघिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा बढि गिरावट आएका कारण यो एसियाका १३ मुद्राहरुमध्ये सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको हो। पाकिस्तानी पत्रिका जंगमा प्रकाशित एउटा समाचार अनुसार मे महिनामा मात्र पाकिस्तानी रुपैयाँमा २९ प्रतिशत गिरावट आएको हो। पाकिस्तानको तुलनामा अफगानिस्तान, बाङ्लाग्लादेश, र नेपालका मुद्राहरु स्थिर रहेका छन्।

एक डलर बराबर अफगानिस्तानको मुद्रा ७९, भारतीय रुपैयाँ ७०, बाङ्ग्लादेशको टाका ८४ र नेपाली रुपैयाँ ११२ रहेका छन्। यसैबीच बिहिवार पाकिस्तानको शेयर बजारमा पनि धेरै उथलपुथल देखियो। शुक्रवार पाकिस्तानी रुपैयाँमा भएको अवमूल्यनका कारण शेयर बजार ८०० अङ्कमा अड्कियो जुन पछिल्लो डेढ वर्षमा शेयर बजारमा आएको गिरावटमध्ये सबैभन्दा धेरै हो। व्यापक उथल-पुथलका कारण अन्तर ब्याङ्क बजारमा हल्ला फैलियो जसका कारण डलरको तुलनामा पाकिस्तानी रुपैयाँ १४९ सम्म ओरालो लाग्यो।