यसरी सम्पन्न भयो रवि र निकिताको विवाह तस्विरमा हेर्नुहोस्

163

जेठ ४, काठमाडौं । चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह गरे । रविले अलातली विवाह गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्। पारिवारिक स्रोतका अनुसार रविले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन्। विवाहमा रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन्। विवाहको कार्यक्रम गोप्य राखिएको थियो ।

गत माघ सात गते रवि र निकिताले अदालती विवाह गरेका थिए। अदालतमा कोर्ट म्यारिज गरेपछि रविले आफ्नो फेसबुक पेजमा ‘जीवनले नयाँ मोड लिएको, एक अर्काका परिवार, आफन्त र नागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरेका थिए । विवाहको पार्टीमा भने कलाकार हरिबंश आर्चाय, केदार घिमिरे, सितारामा कट्ेल, कुन्जाना घिमिरे, विद्युत प्राद्यिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग लगायतको सहभागिता रहेको थियो ।

तस्विर: सुबाश ढकालको फेसबुकबाट