बैशाख ३१,
जितेन्द्र श्रेष्ठ ‘सिमोन’
कोरिया । ‘सग्गा तान्सिनिल’ अर्थात बुद्दको जन्मदिन कोरियामा लुनार पात्रो अनुसार चौथो महिनाको आठौँ दिनमा मनाइन्छ । फरक-फरक ऐतिहासिक पृस्ठभुमि को कारण बिभिन्न देशमा बुद्दको जन्मदिन मनाउने दिन फरक पर्ने गर्दछ । नेपालमा तिथि अनुसार बैशाख पुर्णिमा को बुद्दजयन्ति आउँदै गर्दा द कोरियामा भने १२ मे को दिन मनाइयो । यस दिन देश ब्यापि सार्बजनिक बिदा दिनु का साथै बौद्द गुम्बा हरुलाई बिभिन्न रंगका कलात्मक कागज तथा कपडाका ध्वाजा र पताका ले सिँगारि पुजा पाठ गरि मनाइयो । यस दिन बौद्द गुम्बामा भक्तजन को भिड लाग्नुका साथै अन्य धर्मका मानिस हरु समेत अबलोकन गर्न जाने परम्परा रहेको छ । गुम्बामा आउने सम्पुर्ण भक्तजन हरु र अबलोकन कर्ता हरुलाई सुद्द साहाकारि भोजन बिबिम फापू (साग, सब्जि र किम्चि मिसाइएको भातको परिकार) गराउने प्रचलन छ ।
Home अन्तर्राष्ट्रिय कोरियामा ‘सग्गा तान्सिनिल ‘ अर्थात बुद्दको जन्मदिन नेपालभन्दा अगाडी मनाइन्छ कसरी (...