बैशाख ३०,
काभ्रे । महालेखा परिक्षको प्रतिवेदनमा २०७५मा स्थानीय स्तरमा व्यापक अनियमिता, वेरुजु र भ्रष्टाचार बढेको औलाईरहेको वेला काभ्रेको धुलिखेल नगरपालिकाले यसलाई पुष्टी गरिदिएको छ । वैद्यानिक उपभोता समिति हुदाँ हुदै नयाँ समिति वनाएपछि विवाद सृजना भएकोे छ ।
नगरपलिकाको वडा नं ८ शिखरकटेरी लुईटेलटोलमा खानेपानी शिर्षकमा परेको ४० लाख बजेट कार्यान्वन गर्न यहि वैशाख ८ गते भेला आयोजना गरि यादव प्रसाद गौतमको अध्यक्षतामा समिति गठन गरिएको थियो । भेलामा ७० जना उपभोत्ता मध्ये ६६ जनाको उपस्थीती रहेको देखिन्छ । ९ गते वडा कार्यलयले सम्झौता सिफारिस गरे वमोजिम १० गते उपभोक्ताबाट जम्मा गर्नुपर्ने ६ लाख २१ हजार नगरपालिकाको राष्ट्रिय बाणिज्य बैंक धुलिखेल शाखामा जम्मा गरिएको थियो । यसरी विधिवत रुपमा प्रक्रिया अगाडी बढिरहेको वेला नगरप्रमुख अशोक व्यन्जुको निर्देशनमा बन्द कोठा भित्र हरिहर बडाल अध्यक्ष रहेको अर्को समिति गठन गरेपछि स्थानियहरु आक्रोसित भएका छन् । २०७१ सालमा धारा निमार्ण गर्न गठित समितिका अध्यक्ष गौतमकै अध्यक्षतामा समिति गठन भई सञ्चालामा आएको थियो । अहिले मर्मत गर्न बजेट परेपछि यादव प्रसाद गौतमलाई नै भेलाले अध्यक्ष चयन गरेको समितिका सदस्य महेश गौतमले बताएका छन् ।
वडा भेला बाट गठन गरिएको समिति हुदा हुदै अर्कै समिति गठन गर्नुले विधि विद्यानलाई त कुल्चेको त छ नै मिलेमत्तोमा हुने भ्रष्टाचारलाई समेत प्रशय दिइरहेको छ ।