वैशाख २९,
काठमाडौँ । जेठ ३ गते, शुक्रबार दुई बर्षा अभिनित फिल्म प्रदर्शनमा आउँदैछन् । बर्षा सिवाकोटीको ‘बीर बिक्रम २’ र बर्षा राउतको ‘जात्रै जात्रा’ एक साथ प्रदर्शनमा आउँने हुँदा मिडियामा दुई बर्षा बिचको प्रतिस्पर्धालाई विभिन्न तवरले विश्लेषण गरेर समाचार सम्प्रेषण भैरहेका छन् ।
दुई बर्षाबिच दुश्मनी समेत रहेको चर्चा भैरहंदा नायिका बर्षा सिवाकोटीले मित्रताको हात अगाडी बढाएकी छन् । यस्मा नायिका बर्षा राउतले पनि हरियो झण्डा देखाएकी छन् । शनिबार बर्षा राउतसँगको तस्बिर राख्दै बर्षा सिवाकोटीले फेसबुकमा लामो स्टाटस पोस्ट गरिन् । जस्मा बर्षाले पनि मित्रतायुक्त जवाफ फर्काइन् । पढ्नुस् दुई बर्षाको फेसबुकमा देखिएको मित्रता :
Dear Barsha Raut खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुते पछी खुट्टा लाग्नु त स्वाभाविक नै हो नी होइन र ? हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौँ । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ? हामी बिचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र ? न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्लै कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ । तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ ? एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही ‘कलाकारिता’ नै हो नी होइन र ? भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला समय पक्कै फरक थिएन । फेरी त्यही समयमा फर्कौँ जहाँ हामी एकै फ्रेममा रमाएका थियौँ । यो भन्दै गर्दा फेरी केही दिनमा फेरी सुन्न पाइनेछ ‘जेठ ३मा दुई बर्षाको भिडन्त ।’ तर, म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ । ‘जात्रै जात्रा’को लागी तिमीलाई शुभकामना ।
बर्षा राउतको रिप्लाई : Hello Dear ! त्यै त है हामीलाई थाहा नै नपाई एक अर्काको दुश्मनको बिल्ला भिराएछन् ! फुलको आखामा फूलै संसार ! मेरो केहि भन्नु छैन ! मुख्य कुरा हामीले एक अर्का लाई कसरी लिन्छौ भन्ने हो ! हामी आफ्नो आफ्नो काम मा व्यस्त हुदा कुराकानी भेट घाट पातलो भएको पक्कै हो यसको मतलब दुश्मन कुन कोण बाट भयौ भन्ने हरु लाई नै थाहा होला ! हामी कलाकार आज एउटा संग भोलि अर्को संग काम गर्न पर्ने हुन्छ ! हाम्रो आफ्नो भनेको काम हो ! कुन फिल्म कहिले आउने भन्ने हाम्रो कुनै हात हुदैन ! यसमा कुनै हाम्रो गल्ति देख्दिन ! म पनि यहि कुरा सोच्दै थिए तिमीले मेरो मनकै कुरा लेख्यौ ! तिमीलाई पनि बिरबिक्रम २ को शुभकामना ! समग्र मा हामीलाई शुभकामना !बाकी भेटमा है साथी !
-Ramailochha.com