बर्षालाई बाल मतलब

175

बैशाख २९,
काठमाडौं । वर्षा सिवाकोटी पछिल्लो समय पहिरनकै कारण चर्चामा आउने गरेकी छिन् । उनलाई यो चर्चा मन परेर होला भिन्न कार्यक्रममा भिन्न भिन्न पहिरनमा प्रस्तुत भैरहेकी छन् । उनी अहिले डिजाइनर ड्रेस तिर निकै आकर्षित भएकी छन् । बर्षा केहि दिन अगाडि पहिरनको कारण ट्रोल बनेकी थिइन । उनले जिन्स ज्याकेटको बटम तलमाथि गरेर लगाएकी थिइन । यो फोटो भाइरल भएको थियो । बिहिबार ‘बीर विक्रम २’को प्रचार प्रसारको लागि कन्सर्टमा पुगेकी वर्षाको सर्ट र पाइन्ट लगाउने तरिका निकै नोटिस भयो । उनले सर्ट अगाडीको पछाडी पारेर लगाएकी थिइन भने पाइन्ट र जुत्ता दुई कलरको लगाइकी थिइन् । यी तस्बिरहरु वर्षाले सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनको फेसन देखेर दर्शक अचम्मित भएका छन् । वर्षाले नाई न भन्नु ल २ बाट फिल्ममा डेब्यु गरेकी हुन । उनले ‘पशुपति प्रसाद, गाँजा बाजा, लप्पन छप्पन, कारखाना, जय शम्भो, पुरानो बुलेट’ लगायत फिल्ममा काम गरिसकेकी छन् । वर्षा सिवाकोटी अभिनित फिल्म ‘बीर विक्रम २’ जेठ ३ गते देखि प्रर्दशन हुँदैछ ।


-रमाइलोछबाट