अस्ट्रेलिया आउदै कुलमान, श्वेता र सविता

154

-अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया । काम भन्दा पनि गफै दिएर जनतालाई भुस को बोरा मा सुताउने प्रवृति चलि राखेको हाम्रो देश मा केहि व्यक्तिहरुले भने साच्चैनै देश र जनता का लागि ठुलो योगदान दिएका छन् I तेस्तै राम्रो काम र कर्मले नेपालीको मन–मष्तिष्कमा बस्न सफल भएका व्यक्तित्वहरू हुन् कुलमान घिसिङ, स्वेता खड्का र सविता उप्रेती । राजनैतिक अस्थिरता र चर्को घुसिया प्रवृति ले गर्दा २१औ सताब्दीमा पनि लोडसेडिङ का कारण अन्धकार मा बस्न बाध्य भएका नेपालीहरुलाई, अनेकौ बाधा – अड्चन का बाबजुत पनि आफ्नो एकल प्रयास द्वारा नै अन्धकार बाट छुटकारा दिलाउने महान व्यक्तित्व, उज्यालो नेपालका अभियन्ता एबं नेपाल बिधुत प्राधिकरणका महा प्रबन्धक कुलमान घिसिङ अस्ट्रेलिया आउने भएका छन् I गैर आवासिय नेपाली संघ अष्ट्रेलिया को आयोजना, बाबा एजुकेसन कन्सल्टेन्सि र आर के एस अस्ट्रेलिया को मुख्य प्रायोजनमा हुन लागेको परोपकारी गाला डिनर का लागि उनि अस्ट्रेलिया आउन लागेका हुन् I साथै सिन्धुपाल्चोकमा माझी बस्तीका लागि ५३ घर निर्माण गरेकी सामाजिक अभियन्ता ,सफल ब्यबसायी एबं लोकप्रीय अभिनेत्री स्वेता खड्का र (SSDRC) स्कूल को स्थापना गरी अपाङ बाल बालिकाहरु लाई सेवा गर्दै उदाहरणीय बनेकी सविता उप्रेती को पनि कार्येक्रम मा सहभागिता रहने छ I

प्रेरणादायी यिनै व्यक्तित्वहरुको उपस्थितिमा, सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा यही मे २६ का दिन च्यारिटी गाला डिनर हुने भएको छ I सो कार्यक्रमबाट उठेको रकमको आधा हिस्सा नेपालमा आपाङ्गता भएका बालबालिकाको विद्यालयलाई सहयोग गरिने र बाँकी रकम गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको समाज कल्याण कोषमा जम्मा गरिने छ । उक्त गाला डिनर को टिकट मुल्य ७० र १ सय डलर राखिएको छ भने विद्यार्थी लाई केहि सौलिएत हुने आयोजक ले बताएको छ ।

कार्यक्रमबारे एनआरएनए न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले भने– ‘उहाँहरूको जीवन–संघर्ष र लगनशीलताका पाटाहरू हामी सबैका लागि प्रेरणा बन्न सक्छ । बिगत देखि नै अस्ट्रेलिया मा हुने अधिकाङ्स कार्येक्रमहरु मा मुख्य प्रायोजकको रूपमा सहयोग पुराउदै आएको “बाबा एजुकेसन कन्सल्ट्यान्सी” र “आर के एस अस्ट्रेलिया” का संचालक रविन्द्रकुमार शर्माले एस्तो परोपकारी कार्येक्रम गरि आफु ले सामाजिक दाईत्यो पुरा गर्न पाउनु गौरवको कुरा रहेको बताए ।