पूर्वएमालेका तीन जिल्लाका अध्यक्षद्वारा सचिव पद बहिष्कार

98

वैशाख १५,
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका जिल्ला अध्यक्ष र सचिवको सपथ ग्रहण गरेका छन् । उनीहरुलाई आइतबार धनगढीमा नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमरावलले सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण समारोहमा तीन जिल्लाका सचिवहरुले पनि बहिष्कार गरेका छन् । उनीहरुले आफूभन्दा जुनियरलाई अध्यक्षको जिम्मेवारी दिएको भन्दै असन्तुष्टी जनाई सचिव पदमा वस्न अस्वीकार गरी सपथ ग्रहण बहिष्कार गरेका हुन् ।

सचिव पदको सपथ नखाई बहिष्कार गर्नेमा तत्कालिन नेकपा एमालेका डडेल्धुरा अध्यक्ष डाक्टर तारादत्त जोशी, बझाङका अध्यक्ष दिलबहदुर सिंह, दार्चुलाका रामदत्त जोशी रहेका छन् । बहिष्कार गरेका तीनै जना पूर्व एमालेको माधव नेपाल पक्षधरका नेता हुन ।

नौ जिल्ला रहेको यो प्रदेशमा तत्कालिन एमालेको भागमा कैलाली, डोटी, बैतडी, अछाम र बाजुरा तथा तत्कालिन माओवादीको भागमा कञ्चनपुर, डडेल्धुरा, बझाङ र दार्चुला जिल्ला परेको थियो ।