राष्ट्रपति भण्डारीद्धारा: मंगलसिद्धि र गणेश नाच अवलोकन ( तस्विरमा हेर्नुहोस्)

165

बैशाख ७,
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा मंगलसिद्धि नाच र गणेश नाच र तलेजु भवानीको अवलोकन गरेकी छिन् ।
शनिबार भक्तपुर उद्योग वाणिज्य संघले आयोजनामा उनले नवदुर्गा भवानीको पुजा गर्नुको साथै नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गरेकी हुन् । नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक बिधि एवं शक्ति स्वरुप नवदुर्गा नाच अन्तर्गत मंगलसिद्धि नाच र गणेश नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रतिनिधीसभा सांसद महेश बस्नेतले अवलोकनमा उत्पादनबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीलाई संघका अध्यक्ष रामप्रसाद प्रजापति र इतिसाहविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले नाचको शक्ति र महत्वबारे जानकारी दिए ।
राष्ट्रपति भण्डारीले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच संचालनका लागि स्थापना गरिएको अक्षय कोषमा जिल्ला समन्वय समितिले उपलब्ध गराएको १५ लाख रुपैया र भक्तपुर उद्योग वाणिज्य संघले उपलब्ध गराएको ५ लाख रुपैया अक्षयकोष स्थापनाको लागि हस्तान्तरण समेत गरेकी छिन् ।