काठमाडौं, वैशाख ४
नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। ६० वर्षीय श्रेष्ठको उपचारका क्रममा बुधबार बिहान पौने १२ बजे नर्भिक अस्पतालमा निधन भएको हो। पाँच महिना श्रेष्ठको मृर्गौलाको र नाक शल्यक्रिया गरिएको थियो। त्यसपछि जिबिएस भाइरस भएको थाहा भएको थियो। भारतको मेदान्त र राजधानीका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो तर रोग निको भएन।
कामना न्युज प्रकाशन प्रालिका प्रकाशक तथा सम्पादक रहेको श्रेष्ठ तीन दशकदेखि पत्रकारितामा थिए। अन्तिम श्रद्धान्जलीका लागि उनको शव दिउँसो १ बजेदेखि भूगोल पार्कमा राखिनेछ। उनको आजै अन्त्येष्टी गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ।