बैशाख ४,
एक महिना देखि मुम्बईको एक अस्पतालमा उपचारार्थ गरिरहेकी छिन् । उनलाई डेंगु भाईरलका कारण झण्डै एक महिना अस्पतालमा बस्नु परेको थियो । स्वास्थ्य अवस्थामा अहिले केही सुधार आएपछि उहाँ घर फर्किएकी छिन् । बिरामीको कारणले लामो समयपछि काम गरेको चलचित्र “दाल भात तरकारी”को को प्रचारप्रसार कार्यक्रममा उपस्थित हुन नसकेको दुस्ख व्यक्त गर्दै चाडै ठिक भएपछि नेपाल आउने जानकारी दिएकी छिन् ।
लामो समय पछि नेपाली चलचित्रमा फर्किएकी निरुता नेपालमा रहँदा रुघा खोकी लागिरहने र औषधिले पनि काम नगरेपछि मुम्बई फर्किएकी थिइन्। मुम्बई गएर स्वास्थ्य जाँच गराउँदा डाक्टरले डेंगु भएको बताएका थिए। सुदन केसीको निर्देशनमा बनेको चलचित्र ‘दाल भात तरकारी’ बैशाख २० गतेबाट प्रदर्शनमा आउँदैछ ।