Friday, October 2, 2026
Home समाचार नयाँ वर्ष २०७६ को भव्य स्वागतः सबैमा शुभकामना

नयाँ वर्ष २०७६ को भव्य स्वागतः सबैमा शुभकामना

110

बैशाख १,
काठमाडौं । अहिले राती १२ बजेपछिबाट नेपाली नयाँ वर्ष २०७६ को सुरुवात भएको छ । नेपाली पात्रो अनुसार वैशाख १ गतेदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ भने यसलाई मेष संक्रान्तिको नामले समेत चिनिन्छ । नयाँ वर्ष मनाउने चलन कहिलेदेखि चल्यो भन्ने कुरा यकिन नभए पनि एक अनुमानअनुसार पृथ्वीमा जतिबेलादेखि समयको गणना वर्षमानका आधारमा गर्न थालियो त्यही बेलादेखि नयाँ वर्ष मनाउने परम्परा चलिआएको पाइन्छ । हरेक देश र समाजको जातीय परम्परा एवं मान्यताअनुसार नयाँ वर्ष मनाउने समय र तरीका भिन्दभिन्दै भए अनुसार हाम्रो देशमा बिहान सबेरै उठी तीर्थस्थल वा जलाशयमा गएर नुहाई–धुवाई गरी विभिन्न देवस्थल वा शक्ति पीठको दर्शन पूजन गरी चराचर जगत्को मंगल कामना गर्दै नयाँ वर्ष मनाइएको पाइन्छ । यस दिन भक्तपुरमा लाग्ने विस्केट जात्रा र काठमाडौँको टोखास्थित सपनतीर्थमा लाग्ने मेला महत्वपूर्ण मानिन्छन् । नेपालीहरुले काठमाडौं, पोखरा, धरान, धुलीखेल, नगरकोटलगायतका स्थानबाट नयाँ वर्षको भव्य स्वागत गरेका छन् ।

यो नयाँ वर्षको अवसरमा नयाँ नेपाल न्युज सबैमा हार्दिक शुभकामना समेत व्यक्त गर्दछ सम्पादक