भोजपुरमा सुत्केरी श्रीमतीको घाँटी रेटेर हत्या

239
सांकेतिक तस्विर

चैत २७
भोजपुर -भोजपुरमा एक सुत्केरी महिलाको श्रीमानले घाँटी रेटेर हत्या गरेका छन् । पौवादुङ्मा गाउँपालिका–४ बास्तिममा १९ वर्षीय जानुका पौडेल थापालाई उनका श्रीमान रमेश पौडेलले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जानुका २ महिने सुत्केरी हुन् । उनले छोराको जन्म दिएकी थिइन् ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सामान्य विवादमा रमेशले घरमै श्रीमतीको हत्या गरेका हुन् । श्रीमती हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ । घटनाको विस्तृत अनुसन्धान बाँकी रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले बताए । जानुकाले २ महिनाअघि छोरा जन्माएकी थिइन् ।–अनलाइनखबर