चैत्र २७,
बिर्तामोड — राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की दिने घटनामा राजनीतिक नेतादेखि आपराधिक व्यक्ति समेतको कनेक्सन देखिएको दाबी गरेका छन् । सङ्घीय सांसद लिङदेनले आफूलाई ५० लाख दिएर मार्न खटाएको भनिएको घटनामा आफ्नै निर्वाचन क्षेत्र झापा ३ का नेता र आपराधिक घटनामा संलग्न व्यक्तिको कनेक्सन देखिएको दाबी गरे ।
बुधवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सांसद लिङ्देनले पैसा दिएर मार्न खटाएको भनिएको घटना गम्भीर भएकाले यसलाई गम्भीरताका साथ लिन सरकार समक्ष आग्रह गरे । उनले भने,ुमलाई कसले र किन मार्न खोजिरहेको छ रु यो घटनामा कस(कसको संलग्नता छ । गम्भीरताका साथ छानबिन होस् । सत्यतथ्य चाडै सार्वजनिक गर्न म सरकार समक्ष आग्रह गर्दछु ।ु
एनसेल र नेपाल टेलिकमको दुई फरक(फरक नम्बरबाट सांसद लिङदेनलाई कसैले ज्यान मार्न खटाएको भनी धम्की आएको थियो । उक्त नम्बरबाट लिङदेनको ज्यान मार्न ५० लाखमा सहमति भएको म्यासेज आएको थियो । भ्वाइस र टेक्स्ट म्यासेजमा ज्यान बचाउने भए ५० लाख दिन लिङदेनसँग माग समेत गरिएको थियो ।
पत्रकार सम्मेलनमा लिङदेनले भने,ु५० लाख दिने भए आफूलाई कसले खटाएको हो भन्ने मान्छे चिनाइदिने र ज्यान पनि नमार्ने म्यासेज आएको थियो ।ु उनले यस घटनालाई हल्का रूपमा नलिन प्रहरी प्रशासनसँग आग्रह गरे । सांसद लिङदेनलाई गत चैत ७ गतेदेखि करिब एक सातासम्म ती दुई वटा नम्बरबाट पटकपटक धम्कीयुक्त म्यासेजहरू आएका थिए ।
धम्कीयुक्त म्यासेजपछि सांसद लिङदेनकै सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भएका तिलकदास पराजुली र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेको छ ।
लिङदेनकाअनुसार चैत ७ गते बेलुका ५स्२५ बजे एक जना अपरिचितले हृवाट्सएपमा तपाईँलाई मार्न मान्छे खटिएको र ती मान्छेबाट तपाईँलाई खतरा रहेकोले जोगिएर हिँड्न शुभेच्छुकका हैसियतले सूचना दिएको बताएका थिए ।
यसको भोलिपल्ट बिहान ९ नः ५३ बजे अर्को मोबाइल नम्बरबाट ती शुभेच्छुकको फोन आएको बताए । शुभेच्छुकले ुतपाईँलाई मार्न ५ जना मान्छे खटिएका छन् । जसमा तीन जना भारतीय र दुई जना नेपाली छन् । उनीहरुसँग पेस्तोल पनि छ । तपाईँलाई मार्नका लागि ती दुई जना नेपालीले ५० लाखमा कुरा मिलाएका छन् । २० लाख पहिला नै दिए र बाँकी पैंसा काम भएपछि दिने कुरा मिलाएका छन् । तपाईँलाई मार्न तपाईको र अन्य पार्टीको मान्छे समेत लागेको छु भनेर म्यासेज पठाएका थिए ।
त्यसपछि हृवाट्सएममा लगातार हिन्दी भाषामा भ्वाइस म्यासेज आएको लिङदेनले बताए । भ्वाइस म्यासेजमा हिन्दीमा आफूले तलाई मार्न सुपारी लिएको र त्यसका निम्ति ५० लाखमा कुरा भएको बताएका थिए । ती व्यक्तिले अपरिचित नम्बरबाट बारम्बार धम्कीयुक्त भ्वाइस म्यासेज पठाएको पत्रकार सम्मेलनमा लिङदेनले बताए । लिङदेनले घटनामा कलेक्सन देखिएका सबैमाथि छानबिन हुनुपर्ने माग गरे ।Kantipur