युवाहरुलाई लक्षित गरि युवाका साथ साथ आवाज नेपालद्धारा १५ दिने तालिम सञ्चालन

162

चैत २६,
भक्तपुर -युवाका साथ साथ आवाज नेपालको आयोजना र चाँगुनारायण नगरपालिकाको सहयोगमा चाँगुनारायण भित्र रहेका उद्यमशिल बन्न चहाने युवाहरुलाई लक्षित गरि १५ दिने कफि र बेकरी तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन जिल्ला समन्वय समिति भक्तपुरको उपप्रमुख सरिता कुँवर ले गर्नुभएको थियो । उहाँले देशमा बढ्दै गएको बेरोजगार समस्यालाई अन्त्य गर्नको लागि यस किसिमको आर्यआर्जन मुलक सिप तालिमहरुले युवाहरुलाई उद्यमशिल बन्न सहयोग पुग्ने र समाजलाई समुद्ध दिशा तर्फ अगाडि बढाउन मद्दत पुगर्ने बिश्वास व्यक्त गर्दै तालिमका सहभागि प्रशिक्षार्थीहरुलाई शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथि सुर्यविनायक नगरकार्यपालिका सदस्य दिपक विसन्के सहित अन्य अतिथिहरुले तालिम बाट सिकेका ज्ञान सपिहरुलाई व्यवहारमा उत्रारि आर्यआर्जन मुलक कार्यमा जोडिए पछि मात्र यस तालिको उद्देश पुरा हुने कुराहरुमा जोड दिनुभयो । कार्यक्रमको सभाध्यक्ष संस्थाका उपाध्यक्ष देवेन्द्र आर्चायले गर्नु भएको थियो, भने कार्यक्रम संचालन संस्थाका सचिव श्रीकृष्ण थापाले गर्नु भएको थियो साथै उद्घाटन सत्रमा उपस्थिति सम्पुर्ण अतिथि र सहभागिहरुलाई स्वागत एंव तालिमको उद्देश माथि प्रकाश संस्थाका संस्थापक दिपेश विसुन्के ले गर्नु भएको थियो भने तालिममा १५ जना युवाहरुले सहभागिता जनाएका छन् ।