चैत २१,
काठमाडौँ -राष्ट्रिय विकास परिषद्को बैठकमा ढिला गरी पुगेका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यावदवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका छन्। दुई दिनको बैठकमा उठेका विषयमा योजना आयोग उपाध्यक्षले जानकारी गराउने र अर्थमन्त्रीको मन्तव्य सकिएपछि प्रधानमन्त्री बोल्ने क्रममा यादव कार्यक्रमस्थल पुगेका थिए।
‘उपप्रधानमन्त्री आइपुग्नुभएको छ, स्वागत गर्न पाएको थिएन, स्वागतम्’ प्रधानमन्त्री ओलीले भने। सँगै यादवले पनि जवाफ फर्काए छुट्ला कि भनेर डराएको थिएँ तर आइहालेँ’ दुई दिनसम्म भएको परिषद्को बैठक बिहीबार सकिँदै छ। कुनै पनि कार्यक्रममा प्रधानमन्त्री धेरै ढिला पुग्ने व्यक्तिअन्तर्गत पर्दछन्। विकास परिषद्को बैठकमा भने उनी निर्धारित समयमै उपस्थित भएका थिए।