भक्तपुर पुगेर गृहमन्त्री थापाले यसो भनेपछि…

76

चैत २०,
भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशको विकाशका लागि शान्ति आवश्यक हुने बताएका छन् ।
चाँगुनारायण नगरपालिकाद्धारा आयोजित बृहत एकिकृत घुम्ति सेवाको दुवाकोटमा बुधबार उद्धघाटन गर्दै मन्त्री थापाले भने ‘विकाशकोलागि सुशासन, शान्ति र स्थायीत्व आवश्यक हुन्छ’ । जुन समाजमा शान्ति र स्थायीत्व हुदैंन त्यो समाजले विकाश गर्न सक्दैन भन्दै उनले शान्ति र स्थायीत्व कायम गर्न सबैले भूमिका खेल्नु पर्ने बताए । ‘संंम्वृद्ध र विकशित नेपाल बनाउने वर्तमान सरकारको लक्ष्य अनुसारको काम गरिरहेको छ, मन्त्री थापाले भन’े । कसरी छोटो अवधिमा संम्वृद्ध बनाउने बहस चलिरहेको र अवको आउने पाँच वर्षमा नेपाललाई विकाशको उचाई पु¥याउने भनेर योजना निर्माणको प्रक्रिया सुरु भईसकेको समेत उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘पन्ध्रौं पञ्च वर्षीय योजनामा २५ वर्ष भित्र नेपाललाई विकशित राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको छ’ ।

फरक प्रसङ्गमा उनले नेपाल इन्जिनियरिङ्ग कलेज जनताको इच्छा अनुसारनै सामुदायिक हुने र स्थानीयले उठाएको आवाजलाई गृहमन्त्रालय साथ दिने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सांसद महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायतले सुन्दर र विकशित भक्तपुर बनाउने योजना चलिरहेकाले सबैले साथ दिनु पर्ने धारणा व्यक्त गरेका छन् । एकदिने उक्त शिविरमा नगरपालिकाका स्थानीयहरुले नागरिकता, मतदाता नामावली, स्वास्थ्य, कृषि, पशु उपचारलगायतका सम्पूर्ण सरकारी सेवा एकै स्थानमा प्राप्त गरेका नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।