चैत १८,
काठमाडौं । प्रदेश नम्बरमा आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले धेरैको ज्यान गएको छ । हावाहुरीको कारणले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५ सय भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । उपचारको लागि बेड र रगतको समेत अभाव देखिएको छ । यस बारेमा थप विवरण आउन बाकीँ छ ।
मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।